वयस्क भएपछि बल्ल निदान
एएसडी वा अटिजम स्पेक्ट्रम डिस्अर्डरका बारेमा विश्वव्यापी तथ्याङ्क प्राप्त गर्न गाह्रो छ किनभने यो अवस्था एकै ढङ्गले वा मापदण्ड अपनाएर प्रत्येक देशहरूमा पहिचान गरिँदैन। विश्व स्वास्थ्य संगठनले विश्वमा १६० मध्ये एक जना बालबालिकामा एएसडी हुने बताएको छ तर वयस्कहरूका बारेमा विश्वस्नीय तथ्याङ्क उपलब्ध छैन। वैज्ञानिक ढङ्गले तथ्याङ्क राख्ने अभ्यास अमेरिकामा छ जहाँको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले कुल वयस्क जनसंख्याको २.२१ प्रतिशतलाई एएसडी भएको उल्लेख गरेको छ। यौन हिंसाबाट पीडित 'झन्डै ५० प्रतिशत महिला बयान फेर्छन्' 'अपाङ्गता भएकोले पनि किन राम्री हुन परेको भन्छन्' डब्ल्यूएचओले एएसडीलाई मानिसको शरीरमा हुने विकासमा देखिने गडबडीका रूपमा व्याख्या गरेको छ जसले सञ्चार क्षमता र व्यवहारलाई प्रभावित पार्छ। र यो कुनै पनि उमेरमा पहिचान हुन सक्ने उसको भनाइ छ। अटिजमका विभिन्न विशेषता छन् जसको अर्थ यो समस्या भएका व्यक्तिहरूले विभिन्न किसिमका व्यवहारहरू अलगअलग तहमा देखाउन सक्छन्। अधिकांशमा यो बाल्यावस्थामै पहिचान हुन्छ र यसको लक्षणहरु पहिलो दुई वर्षमा देखा पर्न थाल्छन्
0 Comments